NEFIN जापान (जनरल इन्कर्पोरेटेड एसोसिएसन) को आयोजनामा, अप्रिल १९, २०२५ शनिबारका दिन NEFIN सांस्कृतिक महोत्सव आयोजना हुँदैछ। जापानमा बसोबास गर्ने सबै नेपालीहरूलाई यस कार्यक्रममा उपस्थित हुन हार्दिक आह्वान गर्दछौं। नेपाली राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको NEFIN सांस्कृतिक महोत्सव तपाईं र हामीसँगै टोकियोको मेगुरो कुमिन सेन्टरमा मनाइनेछ।