कि रा या जापान, टोक्योको संस्थापकबाट सन्देश


जापानमा रहनु भएका किरात राई समुदायका सम्पुर्ण अग्रज,साथीहरु,भाईबहिनीहरुमा सेवा,हौवा भन्न म चाहन्छु।बिशेष गरेर ढिलैभएपनि जापानमा रहनु भएका किरात राई समुदायले आफ्नै पहिचान, संस्कारहरुलाई सुरक्षित,सूसुचीत र आउने पिढीहरुलाई पनि बाटोदेखाउँदै, समेट्दै जाने उद्देश्यका साथ आफ्नै होमपेज बनाउँदै गरेको सुन्दा अत्यन्त खुशि लागेको छ ।यस्तो महत्वपुर्ण कार्यको लागीटिमलाई धन्यबाद,बधाई र निरन्तरता को पनि शुभकामना छ ।


जापानमा किन राईहरु अथवा जातिय संस्था को आवश्यकता देखियो भन्दाखेरी सन् २००१/२ तिर यहाँ राईहरुको संख्या धेरै न्युनथियो सायदै औँलामा गनिने संख्या थियो अरु जातजातीको भन्दा ।करिब करिब त्यो समयतिर अन्य जातीय संस्थाहरुको गठन भईसकेरआफ्नो भाषा, संस्कार र भैपरी आएको समस्या,दु:ख बिमार,कामको खोजी सबै कुरामा आफ्ना समुदायलाई भरपुर सहयोग गर्नथालीसकेका थिए।अनी यसो मैले पनि सोँचे अब हामी राईहरु पनि किन संस्थागत भएर अगाडी नबढ्ने त ?हाम्रो पनि संख्या त बढ्दैगईरहेको छ र फेरी को कहाँ दुर्घट्नामा परे ,को अचानक बिरामी भएर अस्पताल भर्ना भए,को भाषाको समस्याले आफ्नो काम गुमेरबेरोजगारी र बेखर्ची भएको छ भन्ने खबर बारम्बार कुनै न कुनै माध्यमबाट आईपुग्थ्यो ।अब अलि पुरानो भएको हैसियतले सबैले परेकोबेला खोज्नु पनि स्वाभाविकै हो ।अब यसरी व्यक्तिगत एक्लै कुदेर कहिले सम्म समस्याको समाधान गरिदिने त ! उसबेला भर्खर भर्खरहोला Analogue मोवाईल फोन को शुरुवात हुँदैथियो । यसले गर्दा साथीभाईसँग सम्पर्क गर्न अलि सहज हुनथाल्यो तर पनि मोवाईलप्रयोगमा पनि विभिन्न कारणलेपनि सबैसँग उपलब्ध थिएन र अलि महँगो नै भएकोले भनेजस्तो खुलेर छलफल गर्न पाईरहेका थिएनौं ।


पछिल्लो समय सामाजिक सञ्जाल hi5,Skype भन्ने आयो तर यसमा पनि सबैको पहुँचमा नपुगेको हुनाले त्यत्ति सहजता चैं भएन ।जतिसँग छ सम्पर्क बढाउँदै लगियो ।यति हुँदाहुँदै धेरैपछि सामाजिक सञ्जाल फेसबुक र भाईबर आएपछि चैं धेरै सहजता भयो सम्पर्कगर्न ।त्यस समयसम्म हाम्रा समुदायका रेष्टुरेण्ट, व्यापार र विद्यार्थी भिषामा उल्लेख्य संख्यामा होक्काइदो देखि ओकिनावा सम्मआईसकेको थियो ।उसबेला फेसबुक र भाईबर बाट खोज्दै जोड्दै साथी बनाएर संस्थाको लागी बहस गरियो ।उपलब्ध समुदायकासाथीभाईहरुसँग अन्य जातीय संस्था जस्तै हाम्रो पनि संस्था स्थापना गरौं र समुदाय मा आईपर्ने समस्या को समाधान संस्थाले नैजिम्मेवारीका साथ हेर्नेछ भन्ने लागेर मेसेन्जर ग्रुप,भाईबर ग्रुपहरु बनाएर छलफल ब्यापक बनाईयो ।एउटा संस्था चैं चाहिन्छ भनेर कतिसाथीहरु मन मन मा सोच्दै बस्नु भएको बेला यो मेसेन्जर,भाईबर को माध्यमले सबैको छलफल गर्ने साझा थलो बन्न सक्यो ।र सबैकोसल्लाह अनुसार किरात राई यायोक्खा केन्द्रीय कार्यालय नेपाल को मातहतमा रहने गरी “किरात राई यायोक्खा जापान शाखा” कार्यथलो चैं जापान भित्र रहने भनेर सन् २०१३ टोक्यो मा बृहत भेला भएर गठन भएको हो।


अन्त्यमा जापानमा रहनु भएका सम्पुर्ण किरात राई बन्धुहरुमा हौवा,सेवा,सेमुना भन्दैसुस्वास्थ्य,समृद्धी को शुभकामना !

सुक्र राई

संस्थापक अध्यक्ष

प्रमुख संरक्षक

कि रा या जापान