25 Dec
25Dec

करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन  पुरस्कार प्राप्त गरे । ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए । जित हासिल गरेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिने अझै मिहिनेत गर्ने बताए ।


"समर्थन र उत्सवको हर्षोल्लासका साथ, किरात राई यायोक्खा जापानले करण राईलाई 'द भ्वाइस अफ नेपाल' मा शानदार जित हासिल गरेकोमा हार्दिक बधाई व्यक्त गरेका थिए।  करण राईले उच्च प्रशंसित फ्रान्चाइजी शोमा विजयी भएर विश्व मञ्चमा नेपालका लागि एउटा महत्वपूर्ण उपलब्धि भएको भन्दै संस्थाले ठूलो गर्व व्यक्त गरेको हो।

प्रतिक्रियाहरु
* ईमेल वेबसाइटमा प्रकाशित गरिने छैन।