16 Oct
16Oct

किरात राई यायोक्खा जापानले आफ्नो संस्थाको आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ ।


हिजो आइतबार किरात राई यायोक्खा जापानले एक कार्यक्रमका बीच आधिकारिक वेबसाइटको उद्घाटन गरेको हो । किरात राई यायोक्खा जापानका महासचिव सुदन राईले किरात राई दाहसंस्कार संस्कृतिलाई विश्वभरबाट प्रत्यक्ष रुपमा छिटो र सहज रुपमा अवलोकन गर्ने गरी वेबसाइट निर्माण गरिएको जानकारी दिनुभयो ।

वेबसाइट निर्माण कार्य समितिका सदस्य ई.सन्तोष राई, सोम राई, भविन्द्र राई र विशाल राईले गरेका थिए ।


आधिकारिक वेबसाइट सञ्चालनमा आएपछि जापान र नेपालका किरात राई समुदायले पनि किरात राईको भाषा, धर्म र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने विश्वास लिएका छन् ।

तपाईंले निम्न URL मा क्लिक गरेर हेर्न र पढ्न सक्नुहुन्छ।

▪️वेबसाइट URL: https://www.kryjapan.com/

▪️मोबाइल एप URL: https://appgallery.huawei.com/app/C108516713

प्रतिक्रियाहरु
* ईमेल वेबसाइटमा प्रकाशित गरिने छैन।