11 Dec
11Dec

जापान । किरात राई यायोख्खा जापानले उधौली २०७९ तथा किरात संवत् यलेदोङ ५०८२ को अवसरमा पूजा तथा साँस्कृतिक पर्वको शुभकामना आदान( प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

टोकियोको सिनओकुबो स्थित नेपाली मुरा हल सोलमारीमा एक भव्य कार्यक्रमको आयोजना गरी साकेला उधौंली तथा किरात संवत यलेदोङ ५०८२ मनाएको हो ।

नेपाली आदिवासि जनजाति मध्ये पुर्वी नेपालको मुलबासी किराँत समुदाय भित्र पर्ने परुहाङ र सुम्निमालाई पूर्खाको रूपमा पुज्ने राई जाति नेपालको एक भुमिपुत्र मुलबासी प्रमुख समुदाय पनि हो ।

जापानको भूमिमा क्रियाशिल संस्कृतिका धनी किराँत राईहरुको मौलिक साकेला उधौलीको अवसरमा अतिथी लगायत उपस्थित सबैले पुजा गरी शुरुवात गरिएको थियो । यलम्बरको पुजा गरी कार्यक्रम उद्घाटन संगै मौलिक बाजा ढोल, झ्याम्टालाई पनि पुज्दै बजाएर साकेला नाचको आराम्भ गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेफिन जापानका अध्यक्ष सञ्जिव चाम्लिङ राई , बिशेष अतिथी तथा एनआरएन आइसिसीका उप( महासचिव तथा नेफिन जापानका सल्लाहकार ओम गुरुङ, एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल, अतिथीहरु साकेला सिलीका प्रशिक्षक तथा नेपाली नृत्याङगाना जापानी दिदी युको ओकामोतो, किरात राई यायोख्खा जापानका पूर्व सल्लाहकार धनकुमार राईको उपस्थिती रहेको थियो ।

कास्की पोखरा समाजका अध्यक्ष विश्व सुवेदी, शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा, थकाली सेवा समिती जापानका अध्यक्ष विजय थकाली, नेफिन जापानका महासचिव शिशिर निङलेकु लिम्बु, नेपाली समाज जापानका अध्यक्ष पेम्बा शेर्पा, नेपाल तामाङ समाजका सल्हाकार तारा तामाङ, नेपाल पत्रकार महासंघका सह( सचिव सजिना मोक्तान, किरात राई यायोख्खाका सल्लाहकार राम कुमार राई, संयोजक राज कुमार राई, साहित्यिक चौतारी नेपालका अध्यक्ष अमरदेव बास्तोला, विश्व नेपाली साहित्य महासंघका कोषअध्यक्ष शिवराज राईको उपस्थिती रहेको थियो ।

अतिथीहरु साहित्यिक चौतारी नेपालका अध्यक्ष अमरदेव बास्तोला, विश्व नेपाली साहित्य महासंघका कोषअध्यक्ष शिवराज राई,नेफिन जापानका महासचिव शिशिर निङलेकु लिम्बु, नेपाली समाज जापानका अध्यक्ष पेम्बा शेर्पा, किरात राई यायोख्खा जापानका पूर्व सल्लाहकार धनकुमार राई, बिशेष अतिथी एनआरएन आइसिसीका उप( महासचिव तथा नेफिन जापानका सल्लाहकार ओम गुरुङ,साकेला सिलीका प्रशिक्षक तथा नेपाली नृत्याङगाना जापानी दिदी युको ओकामोतो, प्रमुख अतिथी नेफिन जापानका अध्यक्ष सञ्जिव चाम्लिङ राई लगायतले शुभकामना दिनुभएको थियो ।

मणिहाङ् राई, रस्मिता राईले अथितिलाई फेटा लगाई स्वागत सम्मान गरेको थियो । भने कार्यवाहक अध्यक्ष प्रमिला राईको सभाध्यक्ष, युवारविद्यार्थी संयोजक विशाल राईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सहजीकरण सचिव रजन्ती साम्पाङ राईले गरेकी थिइन् ।

प्रतिक्रियाहरु
* ईमेल वेबसाइटमा प्रकाशित गरिने छैन।