टोकियो /जापान । किराँत राई यायोक्खा जापानले राई जातिहरुको महान् चाड साकेला उभौली जापानमा पनि भव्य रुपमा मनाएको छ ।
नेपालको विभिन्न जिल्लाबाट जापान आई बसोबास गर्ने राई समुदायले जापानको खानागावा केन स्थित खामीमारुको हाचीमान्चो पार्क र नागोयामा यहि मे २२ तारिख आइतबार साकेला उभौली शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम सुरुवात राई समुदायको अग्रजहरुबाट राई समुदायको लोकप्रिय साकेला नृत्यका साथ प्रकृति मातामा पितृ पूजा गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसीका उप महासचिव ओम गुरुङ विशेष अतिथि, एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल विशेष अतिथि, नेपाली समाज जापानका अध्यक्ष पेम्वा शेर्पा लगायत विभिन्न संघसंस्थाका ब्यक्तित्वहरुले आतिथ्यतामा कार्यक्रम सफलताको शुभकामना र नाचगान गरि सम्पन्न भएको थियो ।कार्यक्रमको दोस्रो चरणमा राई जातभित्र रहेका विभिन्न साकेला नृत्य प्रदर्शन गरिएको थियो ।

साकेला कार्यक्रममा उपस्थित राई समुदाय गैह्रराई समुदायलगायत साकेला नाचेर भरपुर मनोरन्जन लिएका थिए । सोहि अवसर पारेर एनआरएनए आईसीसीका उपमहासचिव ओम गुरुङ, एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल, मातृ सन्देश डट कमका शान्त पहरी, नेपाली समाज जापानका अध्यक्ष पेम्वा शेर्पा लगायत अग्रज ब्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।



विनोद राईको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम महासचिव सुदन राईले स्वागत मन्तब्य र प्रमिला राईले सन्चालन गरेकी थिईन ।