14 Jul
14Jul

जुलाई १४ तारीक का दिन जापान को मुटु मानीने शहर सिन्जुकु ओकुबो मा नेपाल का प्रशिद्ध सॉगीतीक ब्याण्ड सबिन एण्ड द फारोहलाई जापान मा बिभीन्न सामाजीक कार्य मा सक्रिय संस्था किरात राई यायोक्खाले भब्य स्वागत गरेको छ । 

जापान को सॉगीतीक टुर मा रहेका ब्याण्डका सदस्यहरुलाई सिन्जुकु ओकुबो मा रहेको एक होटल मा डिनर सहित को कार्यक्रम को आयोजना गरी त्यहाँ रहेका फ्यानहरुसँग साक्षात्कार गराईएको जानकारी कि रा या जापान का महासचीब तथा कार्यक्रम सन्चालक सुदन राई ले दिनुभयो ।

 किरात राई यायोक्खा जापान का संरक्षक, बिशुद्ध सामाजीक कार्यमा नेपाल र जापानमा सक्रिय "एभरेष्ट फूजी सोसाईटी जापान" का सॅस्थापक अध्यक्ष तथा बर्तमान सल्लाहकार सुक्र राई ले ब्याण्ड का सदस्यहरुलाई खादामाला लगाएर स्वागत गर्नुभएको थियो।

त्यसैगरी कार्यक्रम सन्चालक सुदन राईले सम्मानपत्र वाचन गरेर सुनाउनु भएको थियो भने आदीवासी जनजाती महासँघ जापानका निवर्तमान अध्यक्ष हाल सल्लाहकार सॅजीब राई ले गित सँगीत मार्फत सबिन एण्ड द फारोहले संसारभरी नेपाललाई चिनाएको मा गौरान्वित भएको बिचार ब्यक्त गर्नु भएको थियो । साथै आफु सानै देखि सबिन राई को फ्यान भएको बताउँदै स्कुले जीवन मा पैसा नहुने तर सबिन को गीत सुन्न को लागी सिडी किन्न खाजा खाने पैसा जम्मा गर्दै सिडी एल्बम किनेर सुनेको स्मरण सुनाउँदा सबिन निक्कै भावुक देखिएका थिए। 

 अन्त्यमा यसरी किरात राई यायोक्खा जापानले स्वागत तथा सम्मान गरेकोमा सबिन एण्ड द फारोह को तर्फ बाट धन्यबाद दिदै गितसँगीत मार्फत देशबिदेश मा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निरन्तर देश को सम्झना दिलाउने प्रयत्न गरीरहने बताउनु भयो । यसै सिलसिला मा नमस्ते ब्याण्ड का संस्थापक तथा चर्चित गायक ईश्वर गुरुंगले शुभकामना मन्तब्य दिनु भएको थियो ।

प्रतिक्रियाहरु
* ईमेल वेबसाइटमा प्रकाशित गरिने छैन।