01 Dec
01Dec

किरात राई यायोक्खा, जापानको ‘ ऐतिहासिक दोस्रो महाधिवेशन’ डिसेम्बर १७ तारिख आइतबार फुनाबासी सी किनरो सिमिन सेन्टर हलमा दिउँसो १ बजेबाट हुने भएको छ ।

२०१३ सालमा स्थापना भएको किरात राई यायोक्खा, जापानले स्थापना कालदेखि नै किरात राईहरुको भाषा, लिपी, भेषभुषा, धर्म, संस्कार, संस्कृतिको सम्बर्द्धन र प्रवर्द्धन सहित बिभिन्न संघ सस्थाहरूसँग हातेमालो गर्दै आएको छ ।

जापानका विभिन्न प्रान्तहरूमा क्षेत्रीय समितिहरू रहेको किरात राई यायोक्खा, जापानको क्षेत्रसहितको सहभागितामा दोस्रो पटक महाधिवेशन गर्न लागेको किरात राई यायोक्खा, जापान तदर्थ समितीका संयोजक विधान राईले जानकारी दिनुभयो । 

आयोजक किरात राई यायोक्खा, जापानले महाधिवेशन सफल पार्न जापानबासी सम्पूर्ण किरात, गैर किरात जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरू निमन्त्रणा गरेको छ ।


प्रतिक्रियाहरु
* ईमेल वेबसाइटमा प्रकाशित गरिने छैन।