टोकियो, जापान - एक साताअघि नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाल विपद् व्यवस्थापन निकायका अनुसार १,००० भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ४,००० जना अझै बेपत्ता छन्।
किरात राई यायोक्खा, टोकियोको आयोजनामा नेपालको बाढीपहिरोबाट ज्यान गुमाएका तथा प्रभावित परिवारहरूको सम्झना र सम्मानमा सेप्टेम्बर ६ तारिखका दिन टोकियोस्थित सोलमारी मुरा हलमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

Image 1: A KRY Tokyo Team Candellight event
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।

कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए। साथै, प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीहरूको पीडा र कठिन परिस्थितिमा आफूहरू साथमा रहेको सन्देशसमेत व्यक्त गरिएको थियो।

किरात राई यायोक्खा, टोकियोले विपत्तिको यस दुःखद घडीमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित परिवारको शीघ्र पुनःस्थापना तथा सामान्य जीवनमा फर्किने वातावरण निर्माणका लागि शुभकामना व्यक्त गरेको छ।