नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आयोजित दुई दिने नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ ।
टोकियोको नाकानो स्थित सिकीनोमोरी पार्कमा आयोजित नेपाल फेस्टिवल विविध कार्यक्रमका साथ सम्पन्न भएको हो

जुलाई ३० र ३१ तारिख आईतबार आयोजना गरिएको फेस्टिवलमा नेपाल सरकार, जापानको सरकारी स्तर तथा विविन्न संघसंस्थाहरुको साथ र सहयोग रहेको आयोजकले जनाएको छ ।यसमा किरात राई यायोक्खा जापानको पनि सक्रिय भूमिका रहेको थियो। हालै सम्पन्न उक्त फेस्टिवलमा किरात राई यायोक्खा लगायत अन्य जातीय एकल संस्था बाट आफ्नो नृत्य लगायत अन्य थुप्रै प्रस्तुतिहरु दिएको थियो।


फेस्टिवल उद्घाटन सत्रमा नेपालका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको उपस्थिती रहेको थियो । यस बाहेक जापान सरकार परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचारी, फेस्टिवल आयोजना स्थल नाकानो शहरका मेयरले पनि सहभागीता जनाएको थियो ।

दुई दिने नेपाल फेस्टिवलमा नेपालको पर्यटन प्रर्वद्धन, मौलिक कला संस्कृति प्रर्वद्धन सहित विभिन्न जातजातीका सांस्कृतिक चिनारी, झाँकी, बाजागाजा, नृत्य, पोशाक सहित खानाका परिकारहरुको समेत प्रर्दशन गरिएका थिए । झण्डै दुई दर्जन व्यवसायका नेपाली परिकारको स्टल समेत राखिएको थियो ।
फेस्टिवलको दुवैदिन निशुल्क स्वास्थ्य परामर्श शिविर अन्तर्गत दन्त परिक्षण तथा महिला बिशेष शिविरको सञ्चालन समेत गरिएको थियो ।

३४/३५ डिग्रीको गर्मी र बढ्दो कोभिड संक्रमणको जोखिमका बिच खचाखच र उत्साहपूर्ण सहभागिता जनाएका थिए । विदेशी लगायत नेपाली दर्शक, पर्यवेक्षक, भोलिन्टिएर आयोजक सहित दुईदिने नेपाल फेस्टिवलमा करिव १ लाख हारहारीमा अवलोकन गरेको अनुमान गरिएको छ ।
फेस्टिवलमा जापानको राजधानी टोकियो र आसपासका प्रिफेक्चर सहित पश्चिमी शहर ओकिनावा र होक्काइदोबाट समेत नेपालीहरुले सहभागीता जनाएका थिए ।
नेपाल फेष्टिवलमा जापानी, बेलायती, अमेरिकी, ईण्डियन, श्रीलंकन, भियतनामी, चिनियाँ, अफ्रिकन तथा युरोपियन देशका जापानमा बसोबास गर्ने दर्जनौं बिदेशी नागरिकहरुले समेत अवलोकन गरेका थिए ।

फेष्टिवलको दोस्रो दिन विदेशी विद्यार्थीहरुलाई पढाइमा सहयोग गर्नको लागि छात्रवृत्ति दिदै आएको IHNO को सहकार्य र नेपाल विद्यार्थी समाज (नेसाज) ले आयोजना गरेको जापानी भाषा (स्पिच कन्टेष्ट) वक्तित्वकलाको विजयी प्रतियोगीहरुलाई पुरस्कार तथा मेडल दिएर बधाई ज्ञापन गरिएको थियो ।
एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले फेस्टिवल आयोजनाको गतिविधि तथा आर्थिक लगायत विषयमा छिट्टै सम्पूर्ण विवरण पारदर्शी रुपमा सार्वजनिक गर्ने बताउनुभएको छ ।
साथै अध्यक्ष पौडेलले फेस्टिवल आयोजना गर्न भौतिक, आर्थिक लगायत सबै खालको साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त दिनुभयो ।

सांस्कृतिक पहिचान, पर्यटन प्रर्वद्धन, स्टल व्यवस्थापन, व्यवस्थित सहभागीता र फोहर व्वस्थापन लगायत सबै दृष्टिकोणले दुई दिने फेस्टिवल सफल रहेको आयोजकले जनाएको छ ।