जापानको टोकियो स्थित मेगुरो कुमिन हलमा नेपाल आदिवासी जनजाती महासंघ जापान र नेपाली राजदुतावासको संयुत्त आयोजनामा, किरात राई यायोक्खा जापानको प्रतिनिधि रूपमा झाँकी तथा साकेला नृत्य प्रस्तुत गरेका छन्। यसले २९ विश्व आदिवासी दिवसकोअवसरमा नेपाली सांस्कृतिक परिचय प्रदान गरेको हो।

नेफिन जापानका अध्यक्ष सुकमान थिङ तामाङको सभापतित्व ,जापानी नागरिक तथा पुर्व मन्त्री ,सांसद मोतोयुकी ओदाचीको प्रमुखआतिथ्यमा भएको औपचारिक कार्यक्रमको संचालन नेपाली दुताबास टोकियोका उपनियोग प्रमुख अम्बिका जोशी र नेफिन जापानकामहासचिव संचालन गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित अतिथिहरुलाइ महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदीले शब्दद्वारास्वागत गर्नुभएको थियो ।

कार्यक्रममा जापानमा रहेर आदिवासी जनजातिहरुको हकहितको लागि बिभिन्न कोणबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराउदै आएकाबिभिन्न ब्यक्तित्वहरुलाइ सम्मान गर्नुका साथै नेफिन जापानमा सम्बद्द एकल जातिय संस्थाहरुले बिभिन्न झाँकी तथा नाँच प्रस्तुतसहयोग गर्ने कलाकारहरुलाइ सामुहिक रुपमा प्रशंसा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
१९९४ को डिसेम्बरमा संयुक्त राष्ट्र संघको महासभाले पारित गरि मनाउदै आइरहेको बिश्व आदिवासी दिवसको नारा र नेपालमा केन्द्रलेयसपाली अघि सारेको नारा भने फरक फरक थियो ।

नेपालमा महासंघले यस वर्ष ’पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागतज्ञान सिपको प्रवर्द्धन गर्दै पुख्र्याैली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौंं’ भन्ने राष्ट्रिय मूल नारा तय गरेर दिवस मनाएको हो ।जापानमा आयोजित कार्यक्रमको मुल ब्यानारमा भने मुल नारा समेटिएको थिएन ।
कार्यक्रममा बिषयबस्तु र समासामायिक आदिवासी जनजाति सवाल र प्रदेश नामाकरण अनि टेकु घटना लगायत बिषयमा केन्द्रित गरीबोल्न नदिएको दिवसको झल्को खासै नदेखिएको भन्दै सामाजिक संजालहरुमा टिकाटप्पणी हुन थालेको छ ।

यध्यपिनेपालमा संसदमा बिश्व आदिवासी दिवस नेपाल सरकारले आयोजना गर्नुपर्छ भनेर आवाज उठिरहँदा जापानमा भने नेपालसरकारको कुटनीतिक नियोगको उपस्थितिमा पहिलो पटक कार्यक्रम सम्पन्न गराउन सफल भएको भन्दै कार्यक्रममा सहभागिहरुद्वारामुक्तकण्ठले प्रसंसा गरेका थिए ।
अगस्ट २० तारिख आइतबार सम्पन्न कार्यक्रममा जापानमा सकृय बिभिन्न सामाजिक संघसंस्था तथा आदिवासी तथा गैरआदिवासीब्यक्तित्वहरुको उल्लेखिय सहभागिता रहेको थियो ।