टोक्यो,जापान:ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारको अवसरमा भएको ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को फिनालेमा बिनोद राईले शानदार प्रदर्शन गरी उपाधि हासिल गरेका छन्। उनले टिम मिलन नेवारबाट फाइनलमा प्रवेश गरेका थिए। उपाधिको साथै, उनले २० लाख नेपाली रुपैयाँको नगद पुरस्कार पनि प्राप्त गरेका छन्।

फिनालेमा, टिम राजेशबाट मकर बहादुर योन्जनले फास्ट रनरअपको पदमा स्थान बनाएका छन्। त्यस्तै, टिम उदय सोताङबाट कुमार प्रयास राई सेकेण्ड रनरअप र टिम प्रमोदबाट नोगेन लिम्बुले थर्ड रनरअपको पदमा स्थान बनाएका छन्। विजेता बिनोद राईले अद्वितीय संगीतीय क्षमताले दर्शकहरूलाई मोहित गराएका थिए।

दर्शकहरूको मतअनुसार पनि विजेता घोषित गरिएको थियो। किरात राई यायोक्खा जापानले बिनोद राईलाई उनको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै उनको सांगीतिक यात्रामा निरन्तर सफलताको कामना गरेको छ।‘द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता र कोचलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलेपनि सम्मान गरेको छ।

द भ्वाइस अफ नेपाल सिजन पाँचका विजेता विनोद राई र कोच मिलन नेवरलाई पर्यटन मन्त्री सुदन किरातीले बधाई तथा सम्मान गरेको हो। मन्त्री किरातीले विजेता राई र कोच नेवारलाई आज मन्त्रालयमा बधाई तथा सम्मान दिएका हुन्।
