टोकियो, जापान - सांस्कृतिक आदानप्रदान र सांगीतिक समृद्धिको उत्सवमा किरात राई यायोक्खा जापानले जनवरी १२, २०२३ मा एक सम्मान कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा 'राई इज किंग' द्वारा परिचित नेपाली सांगीतिक क्षेत्रको बादशाह राजेश पायल राई लगायत उदीयमान प्रतिभाका साथमा सबिना लिम्बु र समृद्धि परियार को उपस्थिति थियो।
आगामी नेपाली सांगितिक क्षेत्रमा अझ बढ़ी योगदानको अपेक्षा सहित किराया जापान द्वारा आयोजित एक समारोहमा प्रशंशा पत्र सहित राजेशपायलराई लगायत अन्य दुई कलाकारहरु लाईपनि भव्य स्वागत गरियो।




