किरात राई यायोक्खा,जापानले दोस्रो ऐतिहासिक महाधिवेशन यही डिसेम्बर १७ तारीख़का दिन चिबा केनको फुनबाशीमा जापानभरिका कि रा या क्षेत्रीय समितिहरुको उपस्थितिमा भव्य रुपमा आयोजना गरेको छ।

उक्त महाधिवेशनमा प्रमुख अतिथिको रुपमा कि रा या नेपालका अध्यक्ष जीवन हाताचो ज्यूले भर्चुअल जुम मार्फत उपस्थिती जनाउनु भएको थियो भने महाधि वेश न निर्वाचन समिति संयोजन सन्जिब राईको संयोजकत्वमा अध्यक्ष सहित २३ जनाको कार्यसमिति चयन गरिएको छ ।

उक्त महाधिवेशनमा, किरात राई समुदायले आफ्नो सांस्कृतिक धरोहर र ऐतिहासिक पारम्परिकतालाई संरक्षण गर्ने नीति र योजना तयार गर्ने काम गरियो। त्यसैले, सम्प्रदायको उत्थान र विकासमा जोड राख्नका लागि एकमुखीकरणका उपायहरू निर्धारित गरियो।

